बसको ठक्करबाट झापामा एक विद्यार्थीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, २० : ५१
बसको ठक्करबाट झापामा एक विद्यार्थीको मृत्यु

झापा । झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । कमल गाउँपालिका-३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको ज्यान गएको प्रहरीको भनाइ छ ।

कमल-३ स्थित क्याम्पस सडक खण्ड अन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कँदै गरेका छात्र थापालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते छात्र थापालाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।बालक थापा स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।