पाल्पाको तिनाउ खोलामा भारतीय नम्वरको गाडी खस्यो

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १६ : ४०
पाल्पाको तिनाउ खोलामा भारतीय नम्वरको गाडी खस्यो

पाल्पा । पाल्पाको तिनाउ खोलामा भारतीय नम्वरको गाडी खसेको छ । तानसेनबाट बुटवतर्फ जाँदै गरेको यूपी ४२ विएम १९७३ नम्वरको भारतीय प्लेटको कार तिनाउ गाउँपालिका–५ चर्चरेस्थित सिद्धार्थ राजमार्ग सडक खण्डबाट शनिबार दिउँसो तिनाउ खोलामा खसेको हो ।

कार खोलमा खस्दा गाडीमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भारत उत्तर प्रदेश अयोध्याका ३६ वर्षीय विनोद वर्मा र सोही ठाउँका ४२ वर्षीय ऋषिकेश सिह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको उद्दार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घाइते दुवै जनाको अवस्था सामन्य रहेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।