टस हारेपछि नेदरल्याण्डसविरुद्ध ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १४ : ४४
टस हारेपछि नेदरल्याण्डसविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ।दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले टस हारेपछि नेदरल्याण्डसविरुद्ध पहिलो ब्याटिङ गर्दैछ ।

 

टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएकाे हो । आईसीसी विश्वकप छनोट खेल अघि नेपालको यो दोस्रो अभ्यास खेल हो । पहिलो खेलमा ब्याटिङ नचल्दा नेपाल स्कटल्याण्डसँग सहजै ७ विकेटले पराजित हुन पुगेको थियो । 

 

नेपाल १३६ रनमै अलआउट भएको थियो । दक्षिण अफ्रिकामा यो अन्तिम अभ्यास खेलेर नेपाल छनोट खेल्न जिम्बावे जानेछ । ​छनोटअन्तर्गत नेपालले पहिलो खेल ३ असारमा घरेलु टोली जिम्बावेसँग खेल्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेस्टइण्डिज र ९ असारमा नेदरल्याण्डससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस