मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगी गर्ने तीनजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १२ : ५५
मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ। सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ का २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरेको हो । 

उनीहरूले अस्पतालले प्रयोग गर्ने बिलिङ सफ्टवयरमा वास्तविकभन्दा कम मूल्य चढाएर अरु पैसा आफूहरूले राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस