बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, १८ : ५२
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ । घाइते नेपालीको अवस्था खतरामुक्त छ । घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।