नेपालले जित्याे मलेसियाविरुद्धको सिरिज

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १२ : ००
नेपालले जित्याे मलेसियाविरुद्धको सिरिज

काठमाडौं । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ ।नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३-२ ले जितेको हो ।

घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । चौथो खेल नेपालले ४ विकेटले हार्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस