मलेसियाविरुद्ध नेपाल ५ विकेटले पराजित

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १२ : ४१
मलेसियाविरुद्ध नेपाल ५ विकेटले पराजित

काठमाडौं। मलेसियाविरुद्ध नेपाल ५ विकेटले पराजित भएको छ । मलेसियामा जारी टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टिम ५ विकेटले पराजित भएको हो ।आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियासँग ५ खेलको शृङ्खला खेल्नेछ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १६.५ ओभरमा अलअउट हुँदै ५० रनमा सीमित भएको थियो ।दोस्रो इनिङमा नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । मलेसियाको जितमा ओपनर वान जुलियाले सबैभन्दा धेरै १३ रन जोडिन् ।

प्रतिक्रिया दिनुहोस