ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, १३ जेठ २०८०, ०९ : १८
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौ । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुने भएको छ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल मैदानमा एउटा खेल हुने तय गरिएको छ ।  

जसअनुसार च्यासल मैदानमा दिउँसो ३ बजेदेखि मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी दशरथ रंगशालामा दिउँसो ३ बजेबाटै जावालाखेल युथ क्लब र एपिएफ बीच प्रतिस्पर्धा हुनेछ । 

यस्तै साँझ ६ बजे चर्च ब्वाईज र संकटा क्लबबीच भिडन्त हुनेछ । 

प्रतिक्रिया दिनुहोस