पुलिससँग खुमलटार पराजित

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, २० : २४
पुलिससँग खुमलटार पराजित

काठमाडौं । खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिसले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन आठौं जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद खुमलटारमाथि २–० को सहज जित निकाल्दै छैठौं स्थानमा पनि उक्लिएको छ ।

पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिकले समान एक गोल गरे । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने पुलिस आक्रामक रणनीतिका साथ उत्रियो ।

सो क्रममा खेलको ७६ औं भरतको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । भरतले रविशंकर पासवानको कर्नमा जो आइडुले हेड गर्दा प्राप्त बललाई हेतमार्फत नै पोस्टको दिशा दिएका थिए । त्यसपछि ८८ औं मिनेटमा आसिकले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए र बाँकी समयमा थप गोल हुन सकेन ।

यससँगै पुलिसले खुमलटारबिरुद्ध लिड डबल (दुवै भेटमा पराजित) गरेको छ । पहिलो भेटमा पुलिस ३–१ ले विजयी भएको थियो । जितसँगै २१ खेलमा २८ अंक जोडेको पुलिस छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको खुमलटार समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस