ए डिभिजन लिगमा आज तीन खेल हुने

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, ०८ : ३७
ए डिभिजन लिगमा आज तीन खेल हुने

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्।

​लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन्।

सोही समयमा च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुने आजको दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस