शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, ०७ : ५९
शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार तीन खेल हुने भएको छ ।  

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुने एन्फाले जनाएको छ । 

रंगशालामा खुमलटार र त्रिभुवन आर्मी क्लब दिउँसो ३ बजे  भिडनेछन् ।

यसैगरी साँझ ६ बजे चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

यसैगरी सातदोवाटोमा दिउँसो ३ बजे हिमालय शेर्पा र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस