ए डिभिजन लिगअन्तर्गत आज २ खेल हुँदै

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १२ : ३२
ए डिभिजन लिगअन्तर्गत आज २ खेल हुँदै

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फूटबलअन्तर्गत मंगलवार २ खेल हुँदैछन्। लिगको आठौं चरणअन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा १/१ खेल हुनेछन् ।दुवै खेल दिउँसो २ बजबाट शुरू हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फूटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस