पोखरा । माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो ।
घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते