गाेरखामा मिनी ट्रक दुर्घटना : एकजनाकाे मृत्यु, ७ जना गम्भीर घाइते

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, १४ : २२
गाेरखामा मिनी ट्रक दुर्घटना : एकजनाकाे मृत्यु, ७ जना गम्भीर घाइते

गोरखा । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ को बिसौनी मोडमा मिनी ट्रक दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् ।

गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ गइरहेको प्रदेश प्रदेशको ०१००३–६१७० नम्बरको मिनी ट्रक विपरित दिशाबाट आएको बा ८६ पा १७८६ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी ६ जना पुरुष र २ जना महिला गम्भीर घाइते भएका थिए । त्यसमध्ये एक जना पुरुषको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस