राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, ११ : ४८
राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले साे निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

 कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ । पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो ।

प्रवक्ता डा.महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’

आलटाल गरेर पछाडि धकेल्न नहुने कांग्रेसको जोड छ । बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरुसँग छलफल थाल्ने निर्णय पनि गरेको डा. महतले बताए ।

प्रतिक्रिया दिनुहोस