काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ। संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेकाे छ । यसै बेला कांग्रेसले आफू नै प्रमुख प्रतिपक्षी दल भएको दावीसहित सेवा सुविधा माग गरेको हो ।
तर, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ। संघीय संसद्का पदाधिकारीको सुविधा सम्बन्धी ऐन अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछ ।
प्रमुख प्रतिपक्षी दलको नेतालाई पारिश्रमिक बाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत मासिक २५ हजार ६ सय ८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धर सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता र यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ माघ २०७९, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?