लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, १६ : २९
लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ  ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखा परिक्षकको नियुक्ति समेत गरेको छ । 

आ.व. २०७८/७९मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सोआ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 
 

प्रतिक्रिया दिनुहोस