एनएसएल गर्न एन्फा र एनएसइएमबीच आठ वर्षको सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, २० : ५०
एनएसएल गर्न एन्फा र एनएसइएमबीच आठ वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोटर्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि (एनएसइएम) बीच नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि आठ वर्षको सम्झौता भएको छ ।

मंगलबार सोल्टी होटलमा भएको सम्झौतासँगै एनएसइएमले एन्फालाई सत्र करोड एक्काइस लाख उपलब्ध गराउने छ । 

सम्झौतासँगै पहिलो सिजनको लागि एन्फाले एक करोड पचास लाख प्राप्त गरिसकेको छ । सम्झौतामा एन्फाको तर्फबाट प्रवक्ता सुरेस शाह र एनएसइएमको तर्फबाट प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले हस्ताक्षर गरेका थिए ।  

सम्झौतासँगै प्रतियोगिता असोज कात्तिकबीचमा हुने भएको छ । यस पटक प्रतियोगिता गर्न एन्फाले दुई महिनाको पूरा समय उपलब्ध गराउने छ । 

प्रतिक्रिया दिनुहोस