चितवन गार्डेन रिसोर्टमा भोज खाएका ६० जना बिरामी

सफल खबर संवाददाता

मंगलबार, २७ मंसिर २०७९, १२ : ५१
चितवन गार्डेन रिसोर्टमा भोज खाएका ६० जना बिरामी

चितवन । चितवनको चितवन गार्डेन रिसोर्टमा भोज खाएका ६० जना भन्दा बढी बिरामी परेका छन् । मङ्सिर २३ मा पूर्वी नवलपरासी स्थित गैँडाकोटबाट चितवनमा जन्ती आएका उनीहरूले सो रिसोर्टमा बिहे भोज खाएका हुन् ।

गैडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० घर भएकी करिश्मा अधिकारीको विवाहमा जन्ती आएकाहरू बिरामी भएपछि धेरै जना भरतपुरको नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । नेशनल सिटी अस्पतालमा ६० जना चेकजाँच गर्न आएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । एसपी अधिकारीले भने–‘घटनाबारे अनुसन्धान गर्दै छौँ ।’

बिरामीहरूमा पखाला लाग्ने, बान्ता हुने र ज्वरो आउने समस्या देखिएको छ । घटनाबारे छानबिन गर्न चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको टोली रिसोर्टमा पुगेका छन् । गुणस्तर जाँचबुझ गर्ने विज्ञको टिमसहित रिसोर्टमा गएर छानबिन कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले रातोपाटीलाई बताए । बिहेमा त्यसदिन ५२० जना जन्ती आएका थिए । 

प्रतिक्रिया दिनुहोस