काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशिल बम्जन घाइते छन् । घाइते बम्जनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । हाइस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते