काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले जनयुद्ध र जनक्रान्तिपछि नेपालमा गरिबी, बेरोजगारी, प्रवासन, शहरीकरण लगायतका समस्या जन्मेका हुन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराइले लेखेका छन्, “जनयुद्ध, जनक्रान्तिपछि नै नेपालमा गरिबी, बेरोजगारी, प्रवासन, शहरीकरण लगायतका समस्या जन्मेका हुन् भन्ने गलत भाष्य प्रायोजित ढंगले निर्माण र प्रसार गरिनु गम्भीर छ ।”
नेता भट्टराइले विश्वका सबै देश क्रान्तिको पूर्णतापछि मात्रै समृद्ध बनेको बताएका छन् । नेपालमा क्रान्ति ढिलो र अपूर्ण भएकाले समस्या समाधान नभएको उनको भनाइ छ । उनले भनेका छन्, “विश्वका सबै देश क्रान्तिको पूर्णतापछि मात्रै समृद्ध बनेका छन् । तर नेपालमा क्रान्ति ढिलो र अपूर्ण हुनु पो समस्या हो त, सोचौं ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, ०९ : ०२
लेखकबाट थप