काठमाडौं । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
आज बिहान बल्खुबाट चोभारतर्फ गइरहेको मोडर्न इन्डियन स्कुलको ना१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते रतेलाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालक मनजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ मंसिर २०७९, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु