फ्रान्समा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम

एजेन्सी

शुक्रबार, २३ मंसिर २०७९, १० : ४६
फ्रान्समा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नयाँ वर्षको सुरुवातदेखि नै औषधीका पसलमा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिइने घोषणा गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, ‘जनवरी १ देखि १८ देखि २५ वर्ष उमेर समूहका सबै युवाहरूले फार्मेसी पसलहरूमा निःशुल्क कन्डम पाउन सक्नेछन् ।’

यौनजन्य रोग फैलिन नदिन र अनिच्छित गर्भधारण हुन नदिन यो कदम चालिएको सरकारको भनाइ छ । डाक्टर वा मिडवाइफको प्रिस्क्रिप्शनमा कण्डम खरिद गर्दा लाग्ने खर्च फिर्ता पाउने व्यवस्था देशमा पहिले नै छ ।

प्रतिक्रिया दिनुहोस