नेपाल प्रहरी नागरिकको भरोसा र विश्वसनीय संगठनको रुपमा स्थापित भएको छ : प्रहरी महानिरीक्षक सिंह

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १९ : १२
नेपाल प्रहरी नागरिकको भरोसा र विश्वसनीय संगठनको रुपमा स्थापित भएको छ : प्रहरी महानिरीक्षक सिंह

ओखलढुंगा । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नेपाल प्रहरी आम नागरीकको भरोसा र विश्वसनीय संगठनको रुपमा आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्। आज (सोमबार) जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित भवनहरु समुद्घाटन गर्दै सिंहले यस्तो बताएका हुन् ।

जनताको जिउधनको रक्षा र मानव अधिकारको संरक्षण गर्दै आम नागरीकको जनजिवनलाई सरल,सहज र सुरक्षित बनाउन नेपाल प्रहरी तल्लीन रहेको उनले बताए ।

स्थानीय नागरीकहरुसंगको उचित समन्वय र सहकार्यमा मात्र कानुनविपरीतका गतिविधि नियन्त्रण तथा व्यवस्थापन गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा र व्यवस्था कायम गर्न सकिने भन्दै उनले जिल्ला प्रहरी र मातहतका प्रहरी कर्मचारीहरुबाट जिल्लावासीले सुरक्षित अनुभूति हुने गरी प्रहरी सेवा प्रवाह हुने विश्वास ब्यक्त गरे ।

समाजमा आपराधिक क्रियाकलाप गर्ने समुह विरुद्ध कडा रुपमा प्रस्तुत भई कुनै पनि दवाब र प्रभावमा नपरी कानुनी कारबाही गर्न समेत प्रहरी कर्मचारीहरुलाई सिंहले निर्देशन दिए ।
कतिपय अवस्थामा प्रहरी संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठुलो मानविय क्षति हुन गई प्रहरी आलोचित बनिरहेको भन्दै महानिरीक्षक सिंहले परिस्थिती अनुरुप आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्यणबाट गरिने कानुनसम्मत प्रहरी कारबाहीले नै संगठनको साखलाई अझ माथि लैजाने बताए ।

संगठनको मूल मन्त्र ‘सत्य सेवा सुरक्षणम्’ लाई सिरोधार्य गर्दै ब्यक्तिगत लाभ भन्दा सांगठनिक हित र विकासलाई प्राथमिकतामा राखेर आफुलाई जिम्मेवार, ईमान्दार, कर्तब्यनिष्ठ र अनुशासित भएर कार्यसम्पादन गर्न पनि उनले मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रहरी संगठनलाई भौतिक पूर्वाधार तथा आवासमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीको क्षमता अभिबृद्धि गर्ने देखी बैज्ञानिक र प्राविधिक उपकरणहरुको प्राप्ती र प्रयोगद्धारा संगठनलाई संस्थागत रुपमा बजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सँधै कठिबद्ध र प्रयासरत रहेको समेत उनले बताए ।

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन समेत सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा शान्तीपूर्ण, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गराउन प्रहरी सफल भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस