काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका - २ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना - ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ ।
उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो । ट्याक्टरर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु