सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १२ : १७
सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

बैंकको आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसामा ४.७५ प्रतिशतले हुन आउने रकम पैंतालीस करोड अड्तीस लाख दश हजार छ सय छयासी रुपैयाँ पञ्चानब्बे पैसा बराबरको बोनश शेयर वितरण गर्ने बैंकले जनाएको छ । 

यस्तै कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच गत साउनमा संस्था प्राप्ति सम्बन्धी सहमती भएको थियो । जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस