काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बुधबारदेखि सुरु हुँदैछ । मंगलबार अदालतमा सन्दिपको बयान लिने क्रम सकिएको थियो ।
एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनी हाल प्रहरी हिरासतमा छन् । उनको मुद्दा मंगलवार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो ।
मंगलवार दिनभरि सन्दीपको बयान लिइएको अदालत स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्धको मुद्दा सोमवार अदालतमा दर्ता गरेको थियो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
सन्दीपले भदौ ५ गते गौशालास्थित एक होटलमा पुर्याई ति नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
युवतीले भदौ २१ गते सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
त्यसबेला उनी क्रिकेट खेल्न केन्या पुगेका थिए । सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप