ललितपुर छ । ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।
उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु