लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, १५ : २६
लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो । 

लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न लगायत पाँच बुँदे माग राखेर समितिले धर्ना दिएको हो । 

प्रतिक्रिया दिनुहोस