पेस्तोल देखाएर चोरी गर्ने तीन जना पक्राउ

आइतबार, ०३ असार २०७५, १९ : १२
पेस्तोल देखाएर चोरी गर्ने तीन जना पक्राउ

भक्तपुर ।  प्रहरीले पेस्तोल देखाएर लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत फागुनमा सूर्यविनायकमा पेस्तोल देखाई लुटपाट गरी फरार लुटेरा समूहका दुई जना पक्राउ गरेको हो ।

प्रहरीले रामेछापका ‘टोकल’ भन्ने रोहितबहादुर थापामगर र सिन्धुपाल्चोकका ‘अदिप’ भन्ने टोकलबहादुर तामाङलाई काठमाडौँबाट पक्राउ गरेको महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताउनुभयो । मध्यराति रामबहादुर तामाङको डेराभित्र प्रवेश गरेका उनीहरुले रु १६ लाख ७९० बराबरको धनमाल डकैती गरेका थिए ।

यसैगरी उपत्यकाका व्भििन्न स्थानमा मोटरसाइकल चोरी कार्यमा संलग्न वर्ष ३५ को लालबहादुर थापा मगरलाई महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।
पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालत काठमाडाँै पठाइएको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस