प्रहरी कार्यालयमा पुगेर एसपीलाई मासिक एक पेटी दिन्छु भन्ने पक्राउ

आइतबार, ०३ असार २०७५, १२ : ५४
प्रहरी कार्यालयमा पुगेर एसपीलाई मासिक एक पेटी दिन्छु भन्ने पक्राउ

चितवन । व्यावसायिक रुपमा जुवा खेलाउने काममा सहयोग गर्न प्रस्ताव लिएर जिल्ला प्रहरी कार्यालय चितवन पुगेका एक व्यक्ति जेल परेका छन् । उनले प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरलाई ‘मासिक एक पेटी दिन्छु, जुवा तास खेलाउन सहयोग गर्नुप¥यो’ भन्दै उनकै कार्यकक्षमा प्रस्ताव लिएर पुगेका थिए । राठौरले ती व्यक्तिलाई तत्काल कुनै प्रतिक्रिया नदिएपछि पोल खुल्दै आएका थिए ।  
“एसपी राठौरलाई आर्थिक प्रलोभनमा पार्ने भन्दै तत्काल कारबाही प्रक्रिया थाल्यौँ”, प्रहरी उपरीक्षक राठौरले भने, “सार्वजनिक मुद्धा चलाइएको छ । ‘पावर’ देखाउँदै व्यवसाय चलाउने अनुमति लिएका थिए । रोकियो ।” पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ गणेशस्थान बस्ने वर्ष ४० का बोधबहादुर पौडेल रहेका छन् । प्रहरी उपरीक्षक राठौरले व्यावसायिकरुपमा जुवा तास खेलाउने अन्यको पनि खोजी भइरहेको बताए ।

चौबाटो र खुल्ला चौरमा विश्वकप हेर्न निषेध

जिल्ला प्रहरी कार्यालय चितवनले जारी विश्वकप फुटबल प्रतियोगिता चौबाटो र खुल्ला चौरमा समूहमा बसेर नहेर्न अनुरोध गरेको छ । घरभित्र, होटल भित्र बसेर समूहगत रुपमा हेर्न भने कुनै निषेध नगरिएको जनाएको छ । “चौबाटो र खुल्ला चौरमा बसेर हेर्न निषेध गरेका छौँ”, उनले भने, “अटेर गरेमा कारवाही हुनेछ ।” उनले कुनै देशको समर्थनमा वा विरोधमा ¥याली, जुलुस निकाल्न प्रतिवन्ध लगाइएको बताए ।

प्रतिक्रिया दिनुहोस