चितवनमा टोल टोलमा प्रहरी अभियान सुरु

शनिबार, ०२ असार २०७५, १७ : ५१
चितवनमा टोल टोलमा प्रहरी अभियान सुरु

चितवन । चितवनमा जिल्लाभर टोल टोलमा प्रहरी अभियान सुरु भएको छ । प्रहरी र समुदाय बीच बलियो साझेदारी गरि अपराध र अपराधजन्य समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अभियान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा पत्रकार सम्मेलन गर्दै अभियानको बारेमा जानकारी दिएको छ । अभियानमा स्थानिय ,सामुदायिक प्रहरी ,संघसंस्था ,टोल सुधार समितिको सहभागितामा संचालन हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल सिहं राठौरले जानकारी दिनुभयो । अभियानमा चोरी डकैती , सवरी दुर्घना ,लागुऔषध सेवन लगाएतका विषयमा जनचेतना फैल्याईने छ । अभियानका क्रममा प्रत्येक घरमा जनचेतना अभिवृद्धि गर्ने पर्चाहरु पनि वितरण गराईने जानकारी गराईएको छ ।
पहिलो चरणमा जिल्ला सदरमुकामस्थित स्थानीय तहका सबै वडाहरुमा टोल विभाजन गरी टोल टोलमा प्रहरी अभियान संचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । चितवनको भरतपुर महानगरपालिका भएकाले वडाहरु भित्रको टोल विभाजन गर्दा भरतपुर महानगरपालिकाका वडालाई पाँच टोलमा विभाजन गरिने प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । जसमा एक प्रहरी, एक टोलको व्यवस्था रहने उहाँले बताउनुभयो ।
अभियानमा चितवनका १ सय ५० प्रहरी परिचालन गर्न लागेको राठौरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“हाम्रो जनशक्ति कम भएपनि स्थानियसगँको सहकार्यमा अभियानलाई सशक्त बनाईने छ । यसमा प्रहरीको सक्रिया सहयोग रहने छ ।”
चितवनमा प्रहरीका ६४ वटा ईकाई , वडाहरुमा प्रहरी बिटहरु रहेको प्रहरी कार्यालय चिवतले जनाएको छ । 

  

प्रतिक्रिया दिनुहोस