गायक कमल र गायिका मेलिनाले गरे इन्गेजमेन्ट

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, ११ : २४
गायक कमल र गायिका मेलिनाले गरे इन्गेजमेन्ट

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले आइतबार इन्गेजमेन्ट गरेका छन् । सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरुले इन्गेजमेन्ट भएको जानकारी गराएका हुन् ।

गायक खत्रीले फेसबुकमा लेखेका छन् ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एक(अर्काको साथमा रहने बाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूले सांकेतिक रुपमा प्रेममा रहेको बताए पनि खुलेर कुरा भने गरेका थिएनन् । कमल र मेलिनाले ‘गुनगुनाउने बानी’ र ‘म गीत हुँ तिम्रो’ बोलको गीतमा समेत स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस