राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १६ : ३४
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले ५ सय २५ दिने कार्यकाल सकेको घोषणा गरेका हुन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा बसेका थिए । 

प्रतिक्रिया दिनुहोस