दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १७ : १८
दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराहीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा बुधबार दिउँसो दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । मृतक खाँ ट्रकका सहचालक रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस