नोबेलमा मनाइयो स्तनपान सप्ताह

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, २० : २८
नोबेलमा मनाइयो स्तनपान सप्ताह

विराटनगर । विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् ।

नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको महत्व, स्तनपान गराउँने उपयुक्त तरिका लगायतका बिषयमा सुत्केरी महिलाहरुलाई जानकारी गराएका छन् ।

आमाको  दुधमा बालबालिकाहरुका लागि ६ महिनासम्म आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तथा रोग प्रतिरोधात्मक तत्वहरु हुन्छ । यसले बालबालिकाहरुको उपयुक्त बृद्धि विकास हुन र संक्रमणवाट बचाउन मद्दत गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस