नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो, सडक अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, ०८ : ५९
नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो, सडक अवरुद्ध

flle Pic

चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर  मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गए राति साढे दुई बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए । राति गएको पहिरो सोमबारको भन्दा आधा भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताए । त्यसैले पनि चाँडै बाटो खुल्ने सम्भावना कम रहेको उनको भनाइ छ । बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन् ।

प्रतिक्रिया दिनुहोस