रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्न शिक्षा मन्त्री पौडेल र मेयर दाहालको आग्रह

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १९ : ५४
रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्न शिक्षा मन्त्री पौडेल र मेयर दाहालको आग्रह

चितवन । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा राजनीति बन्द गर्न आग्रह गरेका छन छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुखद भएको उल्लेख गरे।

कुनै ठोस मुद्दामा अन्दोलन गर्नु पाउनु नागरिकको स्वतन्त्रता हो, तर वार्ता र छलफलको मध्यमबाट समस्याको समधान हुने विषयमा अन्दोलन गर्नु, राजनीतिकरण गर्नु र तालाबन्दी गर्ने कार्य उचित नहुने मन्त्री पौडेलले तर्क गरे। ‘आज एउटा विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ, उनले भने,‘भोलि अर्को विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ । यो संस्कारको अन्त्य गर्नुपर्छ । वार्ताको मध्यमबाट नै समस्याको समधान गर्नुपर्छ ।’

सरकारले कृषिलाई विषेश प्रथामिकता दिईरहेकाले कृषि वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरी बाह्य देशका विद्यार्थी अध्ययनका लागि यहाँ ल्याउने गरी संस्थाको सुदृढीकरणमा लाग्न मन्त्री पौडेलले आग्रह गरे। मन्त्री पौडेलले कृषि तथा वन विज्ञानको विश्वविद्यालयलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्न अहिलेको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताए । विश्वविद्यालयलाई थप सुदृढीकरण गर्न कानुनीमा सुधार गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न सकिने उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको गहना भएपनि यहाँ हुने राजनीतिकरणले यसको मर्म अनुसार काम नभएको बताइन्। मेयर दाहालले यस विश्वविद्यालयमा महिनौसम्म तालाबन्दी हुनु दुखद पक्ष भएको उल्लेख गर्नुभयो । ‘कहिले भिसिको कार्यकक्षमा तालबन्दी, कहिले प्रशासनमा तालाबन्दी,‘उनले भनिन्,‘यहाँ पठनपाठन भन्दा राजनीति हुने गरेको छ । एक अर्काले दोषारोपण गर्न भन्दा आफैबाट सुधार हुन आवश्यक छ ।

यो परम्पराको अन्त्य हुन जरुरी छ । यसका लागि सामूहिक संकल्प गरौँ ।’ विगतमा राजनैतिक भागबण्डाबाट भर्तीकेन्द्र जसरी कर्मचारी राखिएकाले यस्तो समस्या आएको उनको भनाई छ । शैक्षिक गुणस्तर सुधार एव्म राजनीतिकरण बन्द गर्न प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्न सुझाव पनि दिइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, कलेजका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्रध्यापक कल्याणी मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस