स्रोत नखुलेको २३ लाख ८९ हजार नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, २१ : ०८
स्रोत नखुलेको २३ लाख ८९ हजार नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

जनकपुरधाम। जनकपुरधामबाट स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाका १९ वर्षीय अब्दुल समी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सोमबार साँझ करिब ५ बजे विषेश सूचनाको आधारमा प्रहरी चौकी हनुमाननगर धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाँस्थित महादेब मन्दिरनजिक २३ लाख ८९ हजार ४८० रुपैयाँसहित युवकलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

लोहनाबाट जनकपुरधामतर्फ आउँदै गरेको बीआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस