बलिउडका अभिनेता विक्की काैशल र श्रीमती तथा अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १५ : ०६
बलिउडका अभिनेता विक्की काैशल र  श्रीमती तथा अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की

काठमाडाैँ। बलिउडका अभिनेता विक्की काैशल र उनकी श्रीमती तथा अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएकाे छ।मुम्बई प्रहरीले ज्यान मार्ने धम्की आएसँगै यस आरोपमा मुद्दा दर्ता गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार पुलिसले यो मुद्दा अज्ञात व्यक्तिहरूविरुद्ध दर्ता गरेको हाे। मुद्धा मुम्बईको सान्ता क्रुज पुलिस स्टेसनमा दर्ता गरिएको छ।मुम्बई पुलिसका अनुसार यस मामिलामा अनुसन्धान सुरु गरिएको छ।

कट्रिना कैफ र विक्की कौशललाई सामाजिक सञ्जालमा यो धम्की आएको हाे। प्रहरीले इन्स्टाग्राममा विक्की र कट्रिनालाई धम्की आएको पनि बताएको छ।प्रहरीले आइटी ऐन अन्तर्गत यो मुद्दा दर्ता गरेको छ। कट्रिना कैफ र विक्की कौशलले गत वर्ष डिसेम्बरमा विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस