काठमाडाैँ। भारतमा बितेकाे २४ घण्टामा थप १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो। हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका हुन्।हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन्।सोही अवधिमा १८ हजार एक सय ४८ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख २८ हजार पाँचभन्दा बढी पुगेको छ।
मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएकाे छ। यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ७४ जनाको मृत्यु भएको छ। महामारी सुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ।
सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड-१९ विरुद्ध खोप अभियान जारी छ। सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १४ : ३९
लेखकबाट थप