काठमाडाैँ। भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका- १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए।
आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका-४ कठुधारस्थित प्रहरी चौकीका प्रहरीले शङ्का लागी जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट-१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामद भएको र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १४ : ३५
लेखकबाट थप