भक्तपुर सल्लाघारीका रुख काट्न सुरु

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १४ : २५
भक्तपुर सल्लाघारीका रुख काट्न सुरु

काठमाडाैँ। भक्तपुर सल्लाघारी क्षेत्रमा रहेका रुखहरू काट्न थालिएको छ। पुरानो र कमजोर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु भएको हो।

भक्तपुर नगरपालिका–१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबस किच्दा तीन जनाको मृत्यु भएको थियो। घटनामा परी मिनीबसमा सवार चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा–४ का राजकुमार भुजेलको निधन भएको थियो।

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन्। सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहोरिन नदिन रुख काटिएको थालिएको हो। प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ।

यो ठाउँंलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ। यहाँं च्वंगा गणेश मन्दिर छ। थुम्कोमा रहेको यो ठाउँं पिकनिक स्पोर्ट पनि हो।थुम्कोको माथि खुला ठाउँं भएको चारैतिरका भिरालोमा सल्लाका रुखहरु रहेकाले यो ठाउँं आकर्षक छ। यहीकारण यहाँं चलचित्रलगायतका छायांकन गर्न पनि हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस