छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १४ : १२
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं। ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा. ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक धोबिघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । पाल्पाको रिप्दीकोट गाउँपालिका–२ लघुवास्थित सडकमा लु.१ ख ५९५२ नम्बरको बस आइतबार दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बस चालक सहित १६ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा ८ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । अन्यको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस