काठमाडौं। ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा. ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक धोबिघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । पाल्पाको रिप्दीकोट गाउँपालिका–२ लघुवास्थित सडकमा लु.१ ख ५९५२ नम्बरको बस आइतबार दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बस चालक सहित १६ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा ८ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । अन्यको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु