एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच समझदारी

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १४ : ०६
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच समझदारी

काठमाडाैँ। निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन्।   

समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रूपमा एनलएलजीको बिमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बिमा ब्रोकरको रूपमा उक्त कम्पनीको प्रडक्टहरूको मार्केटिङ गर्नेछ।

एग्रेगेटर सेवाका लागि फिन्टेकले बिमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ। समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ। त्यसैगरी एलजीका पोलिसीहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ। 

ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बिमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ। समझदारी पत्र हस्ताक्षर कार्यक्रममा ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखिलराज बंका पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस