ओली–नेपाल माथि दबाब बढाउदैं दोश्रो तहका नेता

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, ०९ : २०
ओली–नेपाल माथि दबाब बढाउदैं दोश्रो तहका नेता

काठमाडौं । सत्तारूढ दल नेकपाएमालेभित्रविवादउत्कर्षमा पुगिरहेको बेला सर्वोच्च अदालतको आदेशले दुवै समूहदबाबमा परेका छन् । सर्वोच्च अदालतले दशौ महाधिवेशनआयोजक कमिटीलाई मान्यतानदिने अन्तरिक आदेश दिएसँगै संस्थापनपक्ष र खनाल–नेपाल समूहदुवै दबाबमा परेको हो ।

कर्णालीका चार सांसदलाई एमालेको दशौं महाधिवेशनआयोजक कमिटीका नाममा गरेको कारबाहीलाई सर्वोच्चले अस्वीकार गरेपछि एमाले एकतामाथपदबाब सृजनाभएको हो । सर्वोच्चले एमाले महाधिवेशनआयोजक कमिटीका नाममाभएका कारबाहीका निर्णयलाई मान्यतानदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाको संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा विषयमाअध्यक्ष केपीशर्मा ओलीले नेताहरूसँग परामर्श गरिरहनुभएको छ ।

अध्यक्षओलीले आगामी स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरूलाई पनिबोलाउने गृहकार्य गरिरहेको पनिबताइएको छ । ओलीनिकट एक नेताकाअनुसार असार २ गते स्थायी कमिटीको बैठक बोलाउने गृहकार्य भइरहेको छ । उता खनाल–नेपाल समूह पनि थप लचक बनेको छ । नेकपाएमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी एकताको लागि सकारात्मकदबाबदिनवागमतीप्रदेश सभामा एकताबद्ध भएर नीतितथाकार्यक्रमपारित गरेको जिकिर गर्दै भन्नुभयो–‘पार्टी मिल्नुपर्छ ।

शीर्ष तहमादबाबपुगोस् भनेरै सन्देश दिएका हौं । अध्यक्षओली नै अहिलेको समस्याको जड हो, अध्यक्ष सच्चिने हो भने सबै समस्या समाधान हुन्छ ।’नेताशाक्यले सर्वोच्च अदालतले दशौ महाधिवेशनआयोजक कमिटीलाई मान्यतानदिएर गलत निर्णय सच्याएको उल्लेख गर्दै यस अवस्थामापनिअध्यक्षओली सच्चिनु भएनभने आफूहरूले सृजना गरेको सकारात्मकदबाबलाई आत्मसात् गर्नुभएनभने आफूहरूको लागिविकल्पखुला नै रहेको बताउनुभयो ।

प्रतिनिधिसभा विघटन भएपछि घोषित रुपमाविपक्षी गठबन्धनमा उभिएको खनाल–नेपाल समूहले वागमती प्रदेशमालचकता देखाएपछि त्यसको असर केन्द्रमा समेत परेको छ । पार्टी अध्यक्षएवं प्रधानमन्त्री केपीशर्मा ओलीले जेठ ३ कै कमिटीलाई ब्युँताउनतयार रहेको छ बुँदे प्रस्ताव अगाडि सारेपछि खनाल नेपाल–समूहले उक्त प्रस्तावअस्वीकार गर्दै जेठ २ अघि नै फर्किनु पर्ने अडान राखेको थियो । एकताको लागिदुवै समूहले आ–आफ्नो अडान राख्दै आएपछि मिल्नुपर्ने दबाब नेता र कार्यकर्ताबाट सृजनाहुँदै गएको केन्द्रीय सदस्य ठाकुर गैरे बताउनुहुन्छ ।

अध्यक्षओलीको ६ बुँदे प्रस्तावमाखनाल–नेपाल समूहतयार नभएपनिएमाले एकताकालागि केन्द्रीयतहमा दोस्रा तहका नेताहरूले वार्ता र संवादलाई निरन्तरतादिंदै आएका छन् । घोषितरूपमाऔपचारिक कार्यदल निर्माण गरेर कामनभएपनिअनौपचारिकरूपमा पार्टी एकता गर्ने वातावरण सृजना गर्न दोस्रा तहका नेताहरू सक्रिय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस