जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा चार जना घाइते, एक जनाको अवस्था गम्भीर

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १२ : ३४
जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा चार जना घाइते, एक जनाको अवस्था गम्भीर

सांकेतिक तस्विर

काठमाडौँ । देशको मेरुदण्ड भनेर खोक्रो नारा ओकल्ने जगदम्बा स्टिल प्रा.लि.को बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाए अनुसार दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह घाइते भएका छन् । आलम र यादवको तराई अस्पताल सिमरामा र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, गम्भीर घाइते सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादवको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । शनिबार बिहान पौने १ बजे फलाम गलाउने भट्टी अचानक पड्किँदा भट्टीमा काम गरिरहेका उनीहरु घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस