नेकपाको सचिवालय बैठक सम्पन्न

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, १४ : ५३
नेकपाको सचिवालय बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । 

आज बालुवाटारमा बसेको बैठक आगामि १० दिनपछि पुन: बस्ने गरी सम्पन्न भएको छ । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ । 

यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो । 

प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र  १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस