४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक, दुई अध्यक्षको पत्र वितरण

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, १७ : २१
४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक, दुई अध्यक्षको पत्र वितरण

फाइल तस्विर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ४० मिनेटमै सकिएको हो । 

बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठकाअनुसार बैठकमा कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा विशेषगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेख्नुभएको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेख्नुभएको पत्र र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अर्को बैठक मंसिर ३ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस