नेकपाको सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल भएन

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, १८ : ४४
नेकपाको सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल भएन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार बैठकमा पार्टीका सांगठनिक एकताबारे छलफल भएको छ । यस्तै संवैधानिक र राजनीतिक नियुक्तिबारे पनि छलफल सुरु भएको उनले जनाए ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस